सिनोफार्मका अनुसार उनीहरुको खोप ७९.३४ प्रतिशत प्रभावकारी छ।
यसअघि यूएईको परीक्षणमा यही खोप ८६ प्रतिशत प्रभावकारी देखिएको बताइएको थियो।
यद्यपी सिनोफार्मले आफ्नो खोप सुरक्षित भएको बताउँदै अब सरकारसँग प्रयोगका लागि अनुमति माग्ने बताएको छ।
सिनोफार्मले आफ्नो खोप ७९ प्रतिशत प्रभावकारी भएको बताइरहँदा अमेरिकी फाइजर र जर्मन कम्पनी बायोएनटेक संयुक्त रुपमा निर्माण गरेको खोप ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ।
अमेरिकाको मोडेर्नाको खोप पनि ९५ प्रतिशत प्रभावकारी बताइएको छ।
यी दुई खोपले अमेरिका, बेलायत लगायतका देशमा प्रयोगको लागि अनुमति पाइसकेको छ। एजेन्सी
63
Shares

प्रतिक्रिया