ad ad

राजनीति


एकता जोगाउन हिँड्दा प्रचण्डले मलाई एक नम्बरको वर्ग दुस्मन देख्नुभो: लेखराज भट्ट

एकता जोगाउन हिँड्दा प्रचण्डले मलाई एक नम्बरको वर्ग दुस्मन देख्नुभो: लेखराज भट्ट

नेपालखबर
पुस १५, २०७७ बुधबार १०:२,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री चाहियो भनेर माइतीघरमा लडिबुडी गरेको आरोप लगाएका छन्।

मंगलबार बबरमहलको कार्की पार्टी प्यालेसमा उपत्यकमा उपलब्ध सुदूरपश्चिम प्रदेश स्तरीय बृहद् कार्यकर्ता भेलामा बोल्दै सुदूरपश्चिम प्रदेशका इन्चार्जसमेत रहेका भट्टले प्रचण्डले सडकमा ओर्लेर प्रधानमन्त्री मागिरहेको बताए।

उनले प्रचण्डले क्रमभंग गर्ने, धक्का दिने र महविपत्ति ल्याउने गरेको आरोप लगाए। ‘प्रचण्ड सधैं भन्नुहुन्छ क्रमभंग, धक्का र महाविपत्ति’, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका भट्टले भने, ‘प्रचण्डले सधैँ महाविपत्ति ल्याउनुहुन्छ, अहिले सडकमा बसेर ल्याउनु भएको छ।’

मन्त्री भट्टले कोरोनाको बेला सुखी नेपाली समृद्ध नेपालको एजेन्डा छलफल नभएर प्रचण्डलाई पदको छट्पटी भएको उनको आरोप थियो।

उनले शान्ति प्रक्रियामा आएपछि प्रचण्डले घाइते, सहिद र बेपत्ता परिवारलाई बिर्सिएको बताए। उनले प्रचण्ड

 अहिलेको नेकपा ओलीको नेतृत्वमा बनेको भन्दै उनले ओलीकै नेतृत्वमा आफूहरु अगाडि बढ्ने बताए। उनले प्रचण्डमा वैचारिक विचलन आएको आरोप लगाए।

‘अहिलेको लिगेसी केपी ओलीको नेकपाले बोकेको छ। यही लिगेसी हामी बोक्छौँ’, भट्टले भने। उनले प्रचण्डलाई माइतीरमा ओलर्नु पर्ने बाध्याताबारे खोजी गर्न सुझाब समेत दिए।

 उनले आफू एकता जोगाउन हिँड्दा प्रचण्डले, एक नम्बरको वर्ग दुस्मन देखेको बताए। ‘म एकता जोगाउनुपर्छ भनेर हिँडेँ, प्रचण्डले एक नम्बरको वर्ग दुस्मन मलाई नै देख्नुभयो’, उनले भने।

उनले प्रचण्डको वर्ग दृष्टिकोणमा समस्या रहेको बताए। ‘टीकापुरमा मारिएका १८ महिनाको बच्चालाई उहाँ सामान्य देख्नुहुन्छ भने प्रचण्डको चिन्तनमै समस्या छ’, उनले निनै कारणले पूर्व माओवादी समूहका टोपबहादुर, मणि, बादल, लगायतका नेता एकै ठाउँमा भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .