ad ad

राजनीति


नेपाली कांग्रेसको एजेन्डा संसद पुनर्स्थापना: मीनेन्द्र रिजाल

नेपाली कांग्रेसको एजेन्डा संसद पुनर्स्थापना: मीनेन्द्र रिजाल

नेपालखबर
पुस १३, २०७७ सोमबार ९:११,

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले प्रतिनिधि सभा पुनर्स्थापना गरेर मात्र लोकतन्त्रको रक्षा हुने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध झापाको क्षेत्र नम्बर ५ मा आयोजित विरोधसभामा बोल्दै नेता रिजालले ओलीको कदम गलत भएको बताए।

उनले नेपाली कांग्रेसको पहिलो एजेण्डा भनेकै प्रतिनिधि सभा पुनर्स्थापना भएको बताए।

‘नेपाली कांग्रेसले बनाएको संविधान र लोकतन्त्रको रक्षा प्रतिनिधि सभा पुनर्स्थापना गरेर मात्रै हुन्छ,’ रिजालले भने, ‘हाम्रो पहिलो एजेण्डा भनेकै संसद पुनर्स्थापना हो।’

उनले संसद् पुनर्स्थापनाका लागि देशभर सशक्त आन्दोलनको गर्ने बताए। ‘संसद्को पुनर्स्थापना हुनुपर्छ। त्यसका लागि सशक्त विरोध गरौँ,’ उनले भने।

ओलीले असंवैधानिक कदम चालेको भन्दै त्यसलाई सर्वोच्च अदालतले न्याय दिने उनले विश्वास व्यक्त गरे।

‘कतिपयले सर्वोच्च अदालतले पनि न्याय दिँदैन भन्ने चिन्ता जनाएका छन्, तर म भन्छु अदालतले न्याय दिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .