ad ad

राजनीति


सम्पत्ति कब्जा गर्ने होडमा नेकपाका दुई समूह : कतै तालाबन्दी, कतै झडप

सम्पत्ति कब्जा गर्ने होडमा नेकपाका दुई समूह : कतै तालाबन्दी, कतै झडप

गोकुल जोशी
पुस १३, २०७७ सोमबार ८:५८,

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई धारमा विभाजित भएको छ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर गठन भएको नेकपा प्रतिनिधि सभा विघटनसँगै दुई टुक्रामा विभाजित भएको हो।

तत्कालीन नेकपा एमालेको माधवकुमार नेपाल खेमा पूर्व माओवादीसँगै देखिएको छ भने ओली समूह अलग भएकाे छ।

पार्टी विभाजन भएलगत्तै नेकपाका नेता, कार्यकर्ता पार्टीको सम्पत्ति कब्जाको होडमा लागेका छन्। जिल्ला जिल्लामा रहेका पार्टी कार्यालय आफ्नो पक्षमा पार्न ओली र प्रचण्ड–नेपाल दुवै पक्षले सकेको बल प्रयोग गरेका छन्।

पार्टी कार्यालय कब्जा गर्न कहीँ दुवै पक्षका ताला लागेका छन् भने कतै झडपको स्थितसमेत सिर्जना भएको छ।

आइतवार नेता भीम रावलको उपस्थितिमा कञ्चनपुरको पार्टी कार्यालयमा प्रचण्ड-नेपाल पक्षले भेला आयोजना गरेर कार्यालय कब्जा गर्न खोजेको भन्दै ओली पक्षले तालाबन्दी गरे पछि दुवै पक्षका कार्यकर्ताबीच झडप समेत भएको थियो।

कैलालीको पार्टी कार्यालयमा नेकपाको दुवै पक्षको ताला लागेको छ। उता बझाङको कार्यालयमा ओली पक्षीय नेकपाले तालाबन्दी गरेको छ।

यसैबिच नेकपाको आन्तरिक विवादका कारण पार्टी कार्यालय कब्जा गर्ने होडबाजी चलेपछि गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ। बिभिन्न जिल्लामा दुई पक्षको झडप हुन थालेपछि आइतबार गृह मन्त्रालयले नेकपाका देशभरका पार्टी कार्यालयहरु रहेको ठाउँमा सुरक्षा व्यवस्था थप कडा पार्न निर्देशन दिएको हो।

नेकपाको विवाद निर्वाचन आयोगमा प्रवेश गरेको छ भने संसद् विघटनको मुद्दा अदालतमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .