संक्रमितको संख्या बढ्दै गएको छ। विगत २४ घण्टामा श्रीलंकामा पाँच सय भन्दा बढीमा कोभिड–१९ संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अहिलेसम्म श्रीलङ्कामा ४० हजार २८२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। जसमध्ये ३२ हजार ५१ जना संक्रमण मुक्त भएका छन्। हाल श्रीलङ्कामा सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ४५ छ। अहिलेसम्म त्यहाँ संक्रमणको कारण १८६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
लामो समयसम्म गृहयुद्धको सामना गरेको श्रीलंकामा कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर देखिएसँगै सरकारले थप साबधानी अपनाउन थालेको छ । श्रीलङ्काको बढी प्रभावित पश्चिमी प्रान्तहरूमा गत अक्टोबरदेखि विद्यालयहरू बन्द गरिएका छन्।
राजधानी कोलम्बोस्थित माछा बजार र बजार वरपरको ग्रामिण वस्तीमा समेत कोभिड–१९ को दोस्रो लहर देखा परेको छ । ती ठाउँलालाई सहरका अन्य इलाकासँगको सम्पर्कसँग छुट्टिनेगरी सावधानीका उपाय अपनाइएको छ। एजेन्सी

प्रतिक्रिया