राजनीति


भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदै

 भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदै

नेपालखबर
साउन १७, २०७६ शुक्रबार १०:५२,

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने भएका छन्। नेपाल-भारत संयुक्त संयन्त्रको बैठकमा सहभागी हुन उनी नेपाल आउने भएका हुन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो पटक सरकरको नेतृत्व गरेपछि विदेश मन्त्रालयको जिम्मेवारी सम्हालेको जयशंकर मन्त्री बनेपछि पहिलो पटक नेपाल आउन लागेका हुन्।

परराष्ट्र मन्त्रालय उच्च स्रोतले मन्त्री जयशंकर नेपाल आउने कुराको पुष्टि गरेको छ। 'भारतीय विदेशमन्त्री एस जयशंकर नोपल आउँदै हुनुहुन्छ’, स्रोतले भन्यो, ‘मिति भने कन्फर्म भएको छैन।’

दुई दिनसम्म चल्ने उक्त बैठक भदौ ४ र ५ भनिए पनि मितिको कुनै टुंगो नलागेको काठमाडाैंस्थित भारतीय दूतावास स्रोतले नेपालखबरलाई बतायो। 

मन्त्रिस्तरीय उक्त संयन्त्रले नेपाल भारत सम्बन्धका विविध पक्षमा छलफल गर्नेछ। यस पटक तराईको डुबान र भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा छलफल हुने स्रोतहरूले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .