ad ad

राजनीति


तामाङ पक्षले महरलाई अनेरास्ववियूको संयोजकबाट हटायो

तामाङ पक्षले महरलाई अनेरास्ववियूको संयोजकबाट हटायो

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ११:१२,

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ समूहले संयोजक ऐन महरलाई कारबाही गरेको छ।

आइतबार सहसंयोजक तामाङले एक विज्ञप्ति प्रकाशित गर्दै संगठनको नीति विपरीथत कार्य गरेको, विद्यार्थी आन्दोलनलाई सत्ताको भजनमण्डली बनाएको, निजी शैक्षिक संस्थाका पक्षमा उभिएको र प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई समर्थन गरेको भन्दै कारबाही गरेको बताएका छन्।

अनेरास्ववियूको गौरवशाली छविलाई धुमिल बनाउँदै यसका संयोजक ऐन महर निरन्तर रुपमा सत्ताको निरपेक्ष भर्जनकीर्तन गर्ने काममा मात्र तल्लीन हुन थालेको संगठनको पारित विधान र प्रतिवेदनका बर्खिलापमा अनेक गुटपरस्त र फुट परस्त गतिविधि जारी राखेको विज्ञप्तिमा उल्लेख छ।

 कोभिड १९ विरुद्धको स्वास्थ्य सामग्रीमा भएको भष्ट्राचार , यति र ओम्नीको नाममा भएको भ्रष्टाचार, बालुवाटार जग्गामा भएको भष्ट्राचार र सेक्युरिटी प्रिन्टिङ् प्रेसमा भएका भष्टाचारका विरुद्ध संघर्ष गर्नुपर्ने अनेरास्ववियूको दायित्वलाई पूर्ण रुपमा लत्याएर महर तिनको ढाल वनेर प्रस्तुत भइरहेको आरोप पनि विज्ञप्तिमा लगाइएको छ।

संयोजक महरालाई पटक–पटक सम्झाउँदा पनि संगठनविरोधी गतिविधि जारी राखेका कारण अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णय अनुसार संयोजक पदमा नरहने गरी कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ।

‘विगतमा पटक–पटक सम्झाउँदा पनि रुपान्तरण नभई संगठनको नीति , निर्णय र विधान विपरीतका रवैया निरन्तर जारी राखेकाले अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णय अनुसार ऐन महरलाई संयोजक पदमा नरहने गरी कारबाही गरिएको र उक्त कारबाहीलाई अनुमोदन गर्नका लागि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी समक्ष सिफारिश गरिएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।

निकट भविष्यमा बस्ने केन्द्रीय कमिटीको पूर्ण वैठकवाट अन्य राजनीतिक तथा सांगठनिक निर्णय लिइने जानकारी गराउँदै प्रधानमन्त्री केपी ओलीले चालेको प्रतिगामी कदमकाविरुद्ध सङ्घर्षमा उत्रदै कुनै खाले भ्रममा नपरी अनेरास्ववियूको वृहत्तर एकता र संगठनको आधिकारिक नीति , निर्णय र नेतृत्वको पक्षमा दृढतापुर्वक उभिन विज्ञप्तिमा अपिल गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .