जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘ओली प्रतिक्रान्तिविरुद्ध’ लड्ने मूल दायित्व तीन राजनीतिक धारको भएको बताएका छन्।
पूर्वप्रधानमन्त्री डा.भट्टराईले देशमा विभिन्न मितिमिा राजनीतिक परिवर्तन ल्याउने तीन आन्दोलन/संघर्षको नाम लिँदै तिनैका नेतृत्वकर्ताले अहिले पनि संघर्ष गर्नुपर्ने सुझाव दिएका हुन्।
डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालमा ठोस उपलब्धी सहितका तीन क्रान्तिकारी आन्दोलनहरू यी हुन्- १. कांग्रेस नेतृत्वको २००७ सालको क्रान्ति, जसले उदार लोकतन्त्र ल्यायो, २. माओवादी जनयुद्ध जसले गणतन्त्र ल्यायो, ३. मधेस विद्रोह जसले संघीयता ल्यायो। अत: तीन धारको काँधमा ओली प्रतिक्रान्तिविरूद्ध लड्ने मूल दायित्व छ है !’
प्रतिक्रिया