प्रधानमन्त्री केपी शर्मा ओलीले छिटै नयाँ मन्त्रीहरु नियुक्ति गर्ने भएका छन्।
परराष्ट्रमन्त्री तथा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले सो जानकारी गराएका हुन्।
आज बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको ओली पक्षको केन्द्रीय समिति बैठकपछि ज्ञवालीले सो जानकारी दिएका हुन्।
‘अब पहिलो काम संभवतः मन्त्री नियुक्तिकै हुनेछ,’ ज्ञवालीले भने।
पार्टी विभाजनतर्फ गएपछि ओली सरकारमा रहेका सात जना मन्त्रीले राजीनामा दिएका थिए।
तिनै रिक्त पदमा प्रधानमन्त्री ओलीले मन्त्री नियुक्ति गर्न लागेका हुन्।
837
Shares

प्रतिक्रिया