ad ad

राजनीति


प्रचण्ड–नेपाल पक्षका सबै सांसद भोलि सर्वोच्च र सबै केन्द्रीय सदस्य निर्वाचन आयोग जाने

प्रचण्ड–नेपाल पक्षका सबै सांसद भोलि सर्वोच्च र सबै केन्द्रीय सदस्य निर्वाचन आयोग जाने

नेपालखबर
पुस ९, २०७७ बिहिबार ८:५,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सबै केन्द्रीय सदस्य भोलि शुक्रबार निर्वाचन आयोग जाने भएका छन्।

आज बिहीबार बबरमहल कार्की पार्टी प्यालेसमा बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको हो।

सोहि बैठकले भोली शुक्रबार नै सो पार्टीका सबै सांसदहरु सर्वोच्च अदालत पनि जाने भएका छन्।

‘आज अहिले बसेको स्थायी समितिले सर्वोच्च अदालत र निर्वाचन आयोगमा सबैजना उपस्थित भएर बहुमत सदस्य हामी एक ठाउँमा छौं भनेर देखाउने निर्णय भएको छ,’ नेकपा स्थायी समिति सदस्य भीम आचार्यले बैठकपछि भने, ‘हाम्रोतर्फ रहेका सबै सांसद भोलि १० बजे सर्वोच्च र केन्द्रीय सदस्यहरु भोलि नै १२ बजे निर्वाचन आयोग जाने निर्णय भएको छ।’

उनले बहुमत र हस्ताक्षरबारे पनि कुनै शंका नहोस् भनी त्यसो गर्न लागिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .