ad ad

राजनीति


संसद जीवितै रहेको भन्दै बैठक बोलाउन सभामुखलाई जसपाका तीन नेताको माग

संसद जीवितै रहेको भन्दै बैठक बोलाउन सभामुखलाई जसपाका तीन नेताको माग

नेपालखबर
पुस ९, २०७७ बिहिबार ७:४१,

जनता समाजवादी पार्टी (जसपा)का नेतात्रयले विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग आज भेटवार्ता गरेका छन्।

सिंहदरबारमा जसपाका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव र लक्ष्मणलाल कर्णले भेटवार्ता गरेको सोही पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए।

सभामुख सापकोटासँग नेताहरुले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेकोले बैठक आह्वान गर्न आग्रह गरेका थिए।

यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक गरी प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि सोही दिन सरकारको सिफारिस सदर भएको थियो।

सोसँगै प्रतिनिधिसभा विघटन भए पनि संविधानविद् तथा नेताहरुले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकारै नभएको दाबी गर्दै आएका छन्।

सरकारको पछिल्लो कदमविरुद्ध सर्वोच्च अदालतमा पनि दर्जन बढी रिट परेको छ।

उक्त रिटको बुधबार सर्वोच्चमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा सुनुवाइ प्रारम्भ भएको थियो। सो क्रममा यससम्बन्धी रिट संवैधानिक इजलासमा पठाइएको छ। अब संवैधानिक इजलासले नै यसको छिनोफानो गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .