प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक सुरु भएको छ।
बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आज बिहीबार १ बजे केन्द्रीय समितिको बैठक बस्नुअघि स्थायी समिति बैठक सुरु भएको हो।
स्थायी समितिको सो बैठकले पार्टी महासचिव र अन्य नेताहरुको प्रमुख कार्यविभाजन तोक्ने संभावना रहेको बताइएको छ। स्थायी समितिको सो प्रस्तावलाई केहिबेरमा बस्ने केन्द्रीय समितिबाट अनुमोदन गर्ने कार्यक्रम रहेको बैठकस्थलमा रहेका एक नेताले बताए।
पार्टी महासचिवमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई बनाउनेबारे नेताहरुबीच समझदारी बनिसकेको बताइएको छ।
यो पनि:
प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठक दिउँसो १ बजेका लागि सर्यो
प्रतिक्रिया