ad ad

समाज


९ जनाको हत्या गर्ने युवाको अन्तिम इच्छा आपराधिक पृष्ठभूमि नभएको महिला विवाह गर्ने!

९ जनाको हत्या गर्ने युवाको अन्तिम इच्छा आपराधिक पृष्ठभूमि नभएको महिला विवाह गर्ने!

नेपालखबर
पुस ९, २०७७ बिहिबार ६:४४,

सामाजिक संजाल ट्वीटरमार्फत सम्पर्क गर्दै ३० वर्षका ताकाहिरो सिराइसीले ९ जना व्यक्तिको हत्या गरेका थिए।

सन् २०१७ मा पक्राउ परेका ताकाहिरोलाई ९ जनाको हत्यामा संलग्न भएको विषयमा दोषी ठहर गर्दै हालै जापानको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो।

उनले हत्या गरेकामध्ये अधिकांश भर्खरका युवती थिए। उने १५ देखि २६ वर्षका आठ महिला र एक पुरुषको हत्या गरेका थिए।

ट्वीटरबाट मानिसहरु सम्पर्क गर्ने गरेका कारण उनी ट्वीटर किलर नामबाट चिनिएका हुन्।

उनलाई अदालतले मृत्युदण्डको फैसला सुनाइसकेको छ।

यसबीचमा उनले मृत्यु अगाडि आफ्नो अन्तिम इच्छा आपराधिक पृष्ठभूमि नभएको सामान्य युवती विवाह गर्ने रहेको बताएका छन्। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .