ad ad

राजनीति


ओली छाडेर आजदेखि शेरबहादुर तामाङ प्रचण्डतिर

ओली छाडेर आजदेखि शेरबहादुर तामाङ प्रचण्डतिर

नेपालखबर
पुस ९, २०७७ बिहिबार ५:०,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य शेरबहादुर तामाङ आज (बिहीबार) बिहान बस्ने प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने भएका छन्।

यसअघि उनी ओली समूहले रोखेको सांसद भेला तथा केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिए।

उनले आफ्नो सबै नेताहरुप्रति आदरभाव रहेको बताउँदै साथीहरुसँग सल्लाह गरेर प्रचण्ड– नेपाल समूहको बैठकमा सहभागी हुने निर्णय गरेको बताए।

‘सबै नेताहरुप्रति आदारभाव छ। भोलि एक स्थान नआइ सुख छैन’, नेपालखबरसँग तामाङले भने, ‘साथीहरुले सल्लाह गरेर मैले आज कार्की पार्टी प्यालेसमा हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने भएको छु।’

उनकी पत्नी उषाकला राईले पनि ओली पक्षले केन्द्रीय सदस्यमा गरेको मनोनयन अस्वीकार गरेकी छन्।

सिन्धुपाल्चोकबाट सांसदमा निर्वाचित तामाङ पूर्वमन्त्री पनि हुन्।

याे पनि :  आज पनि एकैदिन दुवै पक्षका ‘नेकपा केन्द्रीय कमिटी बैठक’, यस्ता छन् आआफ्ना तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .