राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिष्टबाट अब संकटको निकास नहुने बताएका छन्।
आज काठमाडौंमा आयोजित आन्दोलन तयारी बैठकलाई सम्बोधन गर्दै थापाले मुलुक संकटको दलदलमा भासिएको चर्चा गर्दै राप्रपाको एजेन्डा र मार्गचित्रबाट मात्र मुकुकको संकटमोचन हुन सक्ने दाबी गरे।
अहिलेको संकटको सिर्जना कम्युनिस्ट र कांग्रेससबाट भएको हुँदा ती दलहरुबाट अब निकास सम्भव नभएको उनले बताए। थापाले सबै राष्ट्रवादी शक्ति एकजुट भएर आन्दोलन वा चुनाव जे भएपनि पार्टीको एजेण्डा स्थापित गर्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले कांग्रे, कम्युनिस्टले मुलुक सञ्चालन गर्न नसक्ने भन्दै अब राप्रपा अघि सर्नुपर्ने बेला भएको बताए। राजसंस्था र हिन्दुराष्ट्रलाई पुनर्स्थापना गर्नको निमित्त सबै तह र तप्कामा सकृयताको आवश्यकता भएको समेत राणाको भनाई थियो।
अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संसदको विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतको फैसला कुर्नुपर्ने बताए। उनले मुलुकलाई असफताको बाटोमा लान खोजिएको त्यो हुन नदिन राप्रपा बलियो हुनु पर्ने बताए।
कार्यक्रममा राप्रपा नेता बुद्धिमान तामाङले आगामी पौष १७ गते काठमाडौंमा हुने प्रदर्शनको खाका प्रस्तुत गरेका थिए।
Shares

प्रतिक्रिया