अखिल नेपाल फुटबल संघ (एन्फा)ले बी डिभिजन लिगअन्तर्गतका रोकिएका खेल सुरु गर्न सम्बन्धित क्लबहरुसँग छलफल सुरु गरेको छ।
आगामी फेब्रुअरी २३ बाट कोरोना महामारीले रोकिएका खेल सुरु गर्न एन्फाले क्लबहरुसँग छलफल गरेको हो।
गत मार्च १८ बाट बी डिभिजनका खेलहरु रोकिएका थिए।
बुधबार बी डिभिजनमा आबद्ध क्लबका प्रतिनिधिसँग यसबारे छलmल भएको एन्फाले जनाएको छ। छलफलमा आर्थिक र स्वास्थ्यसम्बन्धी कुराहरुमा छलफल भएको छ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरले क्लबले उक्त विषयमा राखेका जिज्ञासाबारे बताएका थिए।
दुवै पक्षबीच लिग फर्काउनेबारे अझै छलफल हुने एन्फाले जनाएको छ।
बैठकमा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह, कोषाध्यक्ष रविन्द्र जोशी, लिग कमिटी कोअर्डिनेटर विज्ञानराज शर्मा, कम्पिटिसन डिरेक्टर सञ्जीव मिश्र र एन्फाका अन्य अधिकारीको उपस्थिति थियो। छलफलमा फिफा र एएफसीको स्वास्थ्य र प्रशिक्षणसम्बन्धी कार्यविधिबारे पनि छलफल गरिएको थियो।
Shares

प्रतिक्रिया