समाज


कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय नाघ्यो, ९६.३ प्रतिशत संक्रमित निको भए

कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय नाघ्यो, ९६.३ प्रतिशत संक्रमित निको भए

नेपालखबर
पुस ८, २०७७ बुधबार १०:४४,

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०३ पुगेको छ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोनका कारण मृत्यु हुनको संख्या १ हजार ८०३ पुगेको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९५२ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ४६ हजार ६६१ पुगेको छ। यो कूल संक्रमितको ९६.३ प्रतिशत भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।

प्रवक्ता गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ५५९ पीसीआर परीक्षण गर्दा ७४३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५५ हजार ९७९ पुगेको मन्त्रालयले जनाएको छ।

त्यस्तै आज देशभरमा सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .