राजनीति


९ बजे बालुवाटार बोलाएको ओली पक्षको केन्द्रीय समिति बैठकमा भेला हुने क्रम जारी

९ बजे बालुवाटार बोलाएको ओली पक्षको केन्द्रीय समिति बैठकमा भेला हुने क्रम जारी

नेपालखबर
पुस ७, २०७७ मंगलबार ४:४०,

नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले बोलाएको बैठक निर्धारित समयभन्दा १ घण्टा ढिला भइसक्दा पनि सुरु भएको छैन।

बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकका लागि पुगेका केन्द्रीय सदस्यहरु बैठक सुरु नहुँदा प्रतिक्षा गरिरहेका छन्।

प्रधानमन्त्री निवासमा उपस्थित एक केन्द्रीय सदस्यले बैठक सुरु हुन बाँकी रहेकाे बताए।

‘भेला हुने क्रम जारी छ, आइसकेका साथीहरु हस्ताक्षर गर्ने र आपसी परामर्शमा व्यस्त हुनुहुन्छ, औपचारिकरुपमा बैठक सुरु भएको छैन,’ ती सदस्यले भने।

सोमबार अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष दुवैले संसदीय दलका समानान्तर बैठक गरी सकेका थिए।

आज मंगलबार पार्टी केन्द्रीय समितिका छुट्टाछुट्टै बैठक राखी एक अर्का पक्षलाई कारवाही गर्ने तयारी रहेको बताइएको छ जसका कारण नेकपा एकीकरण भएको ३२ महिनापछि औपचारिक रुपमा फुट्ने अनुमान गरिएको छ।

ओली पक्षले बिहान ९ बजे बालुवाटारमा बोलाएको छ भने प्रचण्ड पक्षले दिउँसोा १ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा केन्द्रीय समिति बोलाएको छ।

प्रचण्ड पक्षले सोहि बैठकबाट अध्यक्ष ओलीलाई कारवाही गरी खाली हुने रिक्त स्थानमा माधव नेपाललाई अध्यक्ष बनाउने तयारी रहेको बताइएको छ।

यो पनि :
ओली र प्रचण्डले एकअर्कालाई कारबाही गर्दै, ३२ महिनामै फुट्यो नेकपा

आजको बैठकले ओलीलाई कारबाही गर्ने, माधव नेपाल अध्यक्ष बन्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad