पार्टीका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई भेट्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले पुल्चोक पुगेका छन्।
सोमबार पनि थापासँग छलफल गरेर फर्केका प्रचण्ड आज (मंगलबार) बिहानै उनलाई भेट्न फेरि पुल्चाेकस्थित मन्त्री निवास पुगेका हुन्।
नेकपा औपचारिक रूपमा विभाजन हुन लागेका बेला नेता थापा भने न अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली न कार्यकारी अध्यक्ष प्रचण्ड, कतै पनि खुलेका छैनन्।
स्राेतका अनुसार सोमबार बेलुका भने गृहमन्त्री थापाले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग १ घण्टा छलफल गरेका थिए।
संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम गलत भएको बताए पनि थापा सोमबार दुवै अध्यक्षले राखेका भेलामा सहभागी भएनन्।
यसैबीच प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज दिउँसो १ बजे केन्द्रीय समिति बैठक राख्ने भएकाे छ भने प्रधानमन्त्री ओलीले अहिले बिहान ९ बजेकै लागि पार्टीकाे केन्द्रीय कमिटी बैठक बाेलाएका छन्।
याे पनि : आज नेकपा केन्द्रीय कमिटी बैठक अलग-अलग : प्रचण्ड-नेपाल पक्षको दिउँसो, ओली समूहको बिहानै

प्रतिक्रिया