राजनीति


प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले बुधबार जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले बुधबार जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने

नेपालखबर
पुस ६, २०७७ सोमबार ११:२,

पजनता समाजवादी पार्टीले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ।

जसपाका उपत्यकामा उपलब्ध केन्द्रीय कार्यकारिणी समितिको सोमबार केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले यही पुस ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए।

‘जनता समाजवादी पार्टीले प्रम ओलीको संसद विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी हर्कतका विरूद्ध पुस ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ’, डा. भट्टराईले भने।

डा. भट्टराईले संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न मंगलबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोळाइएको जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad