राजनीति


प्रचण्ड–नेपाल भेलामा वामदेव अनुपस्थित, गृहमन्त्री थापा दुवैतिर गएनन्

प्रचण्ड–नेपाल भेलामा वामदेव अनुपस्थित, गृहमन्त्री थापा दुवैतिर गएनन्

नेपालखबर
पुस ६, २०७७ सोमबार १०:४५,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरहरुको भेलामा उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भएका छन्।

आफू छलफलमा प्रचण्डसहितका सचिवालयका ५ नेताहरुसँगै रहेको तर गुटको भेलामा नजाने बताउँदै आएका उपाध्यक्ष गौतम सोमबार संसद भवन वानेश्वरको भेलामा पनि अनुपस्थित भएका हुन्।

भेलामा सहभागी एक नेताले उपाध्यक्ष गौतम नआएको जानकारी दिए। ‘भेला सुरु भइसक्यो, उपाध्यक्ष गौतम आउनुभएको छैन।

 त्यस्तै गृहमन्त्री रामबहादुर थापा पनि भेलामा अनुपस्थित छन्। पछिल्लो समय पार्टी विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिँदै आएका थापा सोमबार बिहानको ओलीपक्षीय भेलामा पनि अनुपस्थित थिए।

आफूपक्षीय नेताहरुले ओलीको असंवैधानिक कदमलाई साथ नदिन र प्रचण्डसँग मिलेर जान सुझाब दिएपछि दबाबमा रहेका थापा दुवै भेलामा अनुपस्थित भएका हुन्।

‘उहाँ (थापा) प्रधानमन्त्री पक्षघरको भेलामा अनुपस्थित भएपछि यताको भेलामा आउने अपेक्षा थियो, यता पनि आउनुभएन’, एक नेताले भने।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको विघटन गरेपछि नेकपा औपचारिक फुटको दिशमा अगाडि बढेको छ।

यसअघि आज विहान प्रधानमन्त्री केपी शर्मा ओली पक्षघरको प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएको थियो। 

दुवै समूहले समूहले भोलि छुट्टाछुटै स्थानमा केन्द्रीय समित बैठक बोलाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad