चीनको नयाँ युद्धपोत द सानदोङसहित अन्य चार सैन्य जहाजहरु ताइवान स्ट्रेट हुँदै दक्षिण चीन सागर गएको ताइवानले बताएको छ।
ताइवान स्ट्रेटमा चिनियाँ गतिविधिलाई खतराको घण्टीको रुपमा लिइनुपर्ने विज्ञहरुले बताएका छन्।
चीनले ताइवान आप्mनो भूमि भएको बताइरहँदा ताइवानले आफू स्वतन्त्र राष्ट्र भएको बताउँदै आएको छ।
ताइवानलाई चीनले आक्रमण गरेरै कब्जा गर्ने बताउने गरेको छ। यसबीचमा अमेरिकाले ताइवानलाई चिनियाँ खतरासँग जुध्न हतियारहरु बेच्न थालेको छ।
ताइवान स्ट्रेटमा चिनियाँ जहाज देखिएपछि ताइवानले चीनले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप लगाएको छ।
ताइवानले यस क्षेत्रमा चिनियाँ गतिविधि निगरानी गर्न ६ सैन्य जहाज र ८ युद्धक विमान खटाएको जानकारी दिएको छ।
ताइवानका अनुसार चीनका सेनाले दैनिक जसो ताइवान स्ट्रेट पार गर्ने गरेका छन्।
यस्तै ताइवानले चिनियाँ जनमुक्ति सेनाका दुई युद्धक विमान आइतबार ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको समेत जानकारी दिएको छ।
— 國防部 Ministry of National Defense, R.O.C. 🇹🇼 (@MoNDefense) December 20, 2020Two PLA aircraft (Y-8 EW and Y-8 ASW) entered #Taiwan’s southwest ADIZ on Dec. 20. Please check our official website for more information: https://t.co/SJas2NnQav pic.twitter.com/gGpH6gEe5g
यसबीचमा चिनियाँ नौसेनाले सोमबार ट्वीटरमा अमेरिकी सैन्य जहाज हिँडेकै क्षेत्रबाट आफ्नो जहाज हिँडेको बताएको छ। चीनका अनुसार ताइवान स्ट्रेटमा शनिबार अमेरिकी जहाजहरु देखिएका थिए।
विवादित दक्षिण चीन सागरमा चीनले कृत्रिम टापुहरु खडा गरेको छ। दक्षिण चीन सागर आफ्नो भएको चीनको दाबीलाई अन्य दाबीकर्ता मुलुकले विरोध जनाउँदै आएका छन्।
यसबीचमा ताइवान स्ट्रेट हुँदै चिनियाँ जहाजहरु दक्षिण चीन सागर पुगेका हुन्। जसको ताइवान र दक्षिण चीन सागर दाबी गर्ने मुलुकले विरोध जनाइरहेका छन्।
चिनियाँ नौसेनाले दक्षिण चीन सागरमा आफूहरुले वार्षिक योजना अनुसार नै सैन्य अभ्यास गरेको र भविष्यमा यस्ता अभ्यास जारी राख्ने बताएको छ। अल्जाजिरा
Shares

प्रतिक्रिया