नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरुले कानुनविद्हरुसँग परामर्श गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो आइतबार प्रतिनिधि सभा विघटन गरेपछि विकसित घट्नाक्रमबारे कानुनविद्हरुसँग परामर्श गरेका हुन्।
सो छलफलमा वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, टिकाराम भट्टराई लगायतका कानुनविद्हरुले नेताहरुलाई प्रतिनिधि सभा विघटन, यसको पुनस्र्थापनाको पक्ष, विगतका नजिर लगायतका पक्षमा प्रष्ट पारेका थिए।

यसैबीच, आइतबार विघटनको घोषणा गरिएको प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै सोहि सभामा सांसद रहेका नेकपाका ८७ जना नेता सर्वोच्च अदालत जाने तयारी गरेका छन्।
यो पनिः
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै आज नेकपाका ८७ सांसद सर्वोच्च जाँदै
Shares

प्रतिक्रिया