ad ad

राजनीति


राष्ट्रिय दलित आयोगका सदस्यमा सिफारिस रम्तेललद्वारा पद अस्वीकार

राष्ट्रिय दलित आयोगका सदस्यमा सिफारिस रम्तेललद्वारा पद अस्वीकार

नेपालखबर
पुस ५, २०७७ आइतबार १५:५७,

राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस गरिएका परशुराम रम्तेलले सो पद अस्वीकार गरेका छन्।

मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले रम्तेललाई सदस्यमा सिफारिस गरेको आज सार्वजनिक भएको थियो।

सो निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसबुकमा रम्तेलले असंवैधानिक ढंगले गरिएको सिफारिस आफूले अस्वीकार गर्ने बताएका हुन्।

उनले लेखेका छन्, ‘संविधानको मर्म र भावना विपरित संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरी मन्त्रिपरिषदद्वारा सिफारिस गरिएको राष्ट्रिय दलित आयोगको सदस्यमा मेरो पनि नाम सिफारिस भएको छ। मेरो सहमति विना मेरो नाम सिफारिस भएको छ। सहमति विपरित नैतिक दृष्टिले पनि गरिएको असंवैधानि सिफारिसको असंवैधानि तरिकाले संसद विघटनको ठाडै विरोध र अस्वीकार गर्दछु। मेरो असंवैधानिक सिफारिसको भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु।’

यी हुन् अख्तियारसहित विभिन्न आयोगमा सिफारिस गरिएका प्रमुख र आयुक्त (४५ जनाको सूची)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .