राजनीति


विदा माग्न आएका भुसाल र भट्टराईलाई ओलीले भनेः मन्त्रीबाट राजीनामा नदिएको भए राम्रो हुन्थ्यो

विदा माग्न आएका भुसाल र भट्टराईलाई ओलीले भनेः मन्त्रीबाट राजीनामा नदिएको भए राम्रो हुन्थ्यो

नेपालखबर
पुस ५, २०७७ आइतबार १५:४५,

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि सभा विघटन गरेपछि सरकारका ७ मन्त्रीले राजीनामा दिए।

राजीनामा दिएपछि घनश्याम भुसाल र योगेश भट्टराई प्रधानमन्त्री ओलीसँग विदा माग्न बालुवाटार पुगेका थिए।

नेकपाका स्थायी कमिटीको बैठक लगत्तै विदा माग्न आइपुगेका दुई नेतालाई ओलीले राजीनामा नदिएको भए राम्रो हुने बताए।

‘पार्टीलाई एक बनाएर लैजाने ५० वटा विकल्प हुँदाहुँदै संसद् विघटन गरेर पार्टी र देशलाई अफ्ठ्यारो अवस्थामा पुर्‍याउनु गलत भयो भनेर भन्यौँ,’ भुसालले भने, ‘प्रधानमन्त्रीले पनि तपाईंहरुले राजीनामा नदिएको भए हुन्थ्यो भन्नु भयो। हामीले त विदा हुन आएका हौँ भन्यौँ।’

ओलीको कदमपछि कृषिमन्त्री भुसाल, पर्यटनमन्त्री भट्टराई, वनमन्त्री शक्तिबहादुर बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन र खानेपानी मन्त्री बिना मगरले सामूहिक राजीनामा गरेका थिए।

राष्ट्रपति भण्डारीले आइतबार संसद् विघटनको घोषणा गर्दै वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .