प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकबाट विभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेका ४५ भन्दा बढि पदमा नियुक्तिका लागि सिफारिस गरेका छन्।
उनले गत मंसिर ३० गते राखेको परिषद्को बैठकबाट सो निर्णय गराएका हुन्।
‘मंसिर ३० गते बेलुका बसेको बैठकले नै यी नामहरु सिफारिश गरेको हो,’ राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए।
सो बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायधीश चोलेन्द्र शमसेर राणा र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना मात्र सहभागी थिए।
परिषदले सिफारिश नामहरु यी हुन्:
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
प्रमुख : प्रेम राई
सदस्यहरु : जयबहादुर चन्द (बैतडी), किशोरकुमार सिलवाल (काठमाडौं)
निर्वाचन आयोग
सदस्यहरु : वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (रामेछाप), डा. जानकी तुलाधर (लमजुङ)
मानवअधिकार आयोग अध्यक्ष : तपबहादुर मगर
सदस्यहरु : मनोज दुवाडी (काठमाडौं), डा. सूर्य ढुंगेल (महोत्तरी), लिली बस्नेत थापा (काठमाडौं), मिहिर ठाकूर (सप्तरी)
राष्ट्रिय प्रकृति तथा वित्त आयोग
सदस्यहरु : जुद्धबहादुर गुरुङ (पर्वत), अमरराज मिश्र (काठमाडौं)
राष्ट्रिय महिला आयोग
अध्यक्षः कमलाकुमारी पराजुली (काठमाडौं), कृष्णकुमारी पौडेल खतिवडा (काठमाडौं), विद्याकुमारी सिन्हा (सर्लाही)
राष्ट्रिय दलित आयोग
अध्यक्ष : देवराज विक (दाङ),
सदस्यहरु : मिना सोव (कैलाली), पर्शुराम रम्तेल (गोरखा), तुञ्ज बराइली (झापा), मेहेले पार्की
जनजाती आयोग
अध्यक्ष : रामबहादुर थापा (उदयपुर),
सदस्यहरु : डा. मिना श्रीष मगर (गुल्मी) मेनचुङ लामा (नुवाकोट), रिना राना (स्याङजा), शरण राई (उदयपुर)
राष्ट्रिय समावेशी आयोग
अध्यक्ष : मानप्रसाद खत्री (बझाङ)
सदस्यहरुः रामकृष्ण तिमिल्सेना (कास्की), रामचन्द्र जोशी कैलाली, हरिदत्त जोशी बैतडी
मधेशी आयोग
सदस्यहरु : जीवच्छ साह सिरहा, रेणुदेवी साह सप्तरी, विजय गुप्ता बाँके
थारु आयोग
सदस्यहरु : विकास चौधरी दाङ, बबिता चौधरी बारा, सुबोधसिंह थारु बाँके, भोलाराम चौधरी सुनसरी,
मुस्लिम आयोग
मोहम्मद्दिन अली काठमाडौं, मिर्जा अलसद वेग कपिलवस्तु
Shares
प्रतिक्रिया