ad ad

समाज


चीनमा एन्टीबायोटिक्सको अधिक प्रयोग भएपछि औषधिले मार्न छाड्यो ब्याक्टेरिया!

चीनमा एन्टीबायोटिक्सको अधिक प्रयोग भएपछि औषधिले मार्न छाड्यो ब्याक्टेरिया!

नेपालखबर
पुस ५, २०७७ आइतबार १०:३६,

सान्दोङ प्रान्तका केही पोल्ट्रीफार्मका ब्याक्टेरियाहरु औषधि प्रतिरोधी भएको नयाँ अनुसन्धानले देखाएको हो।

सान्दोङ एग्रीकल्चरल युनिभर्सिटीका अनुसार ब्याक्टेरिया मार्ने औषधि धेरै प्रयोग भएका कारण इ कोली नामक ब्याक्टेरिया झनै बलियो भएको छ र ब्याक्टेरियामा औषधिले काम गर्न छाडेको छ।

यस ब्याक्टेरिया माटो, पानी र कुखुराको मासुको माध्यमबाट मानिसमा सर्नसक्छ, जसले मानव स्वस्थ्यमा गम्भीर असर गर्छ।

पोल्ट्री साइन्स जर्नलमा प्रकाशित सान्दोङ एग्रीकल्चरल युनिभर्सिटीको अनुसन्धान अनुसार सान्दोङ मा मात्र नभएर विश्वभर नै यस्तो समस्या रहेको हुनसक्छ।

कुखुरा लगायत धेरै जनावर चाँडो बढाउन र तिनीहरुलाई ब्याक्टेरियामुक्त गराउन एन्टीबायोटिक्स दिइन्छ। अधिकारीहरुका अनुसार जनावरमा ८० देखि ९० प्रतिशतसम्म एन्टीबायोटिक्स खुवाइएको हुन्छ।

तर एन्टीबायोटिक्सले ब्याक्टेरिया झनै शक्तिशाली बन्दै गएको अध्ययनको निश्कर्ष छ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .