राजनीति


सात मन्त्रीले दिए राजीनामा

सात मन्त्रीले दिए राजीनामा

नेपालखबर
पुस ५, २०७७ आइतबार १०:३४,

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधिसभाको विघटनगरेपछि सत्तारुढ नेकपाका ७ मन्त्रीले राजीनामा दिएका छन्।

आइतबार अपरान्ह सिंहदरबारस्थित कृषि समितिको सभाहलमा पत्रकार सम्मेलन गर्दै नेकपाका ७ मन्त्रीले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राजीनामा पत्र पढेर सुनाएका थिए।

यसरी राजीनामा दिनेहरुमा पूर्वमाओवादी खेमाबाट मन्त्री बनेका उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगर रहेका छन् भने पूर्व एमाले (नेपाल समूह)बाट मन्त्री बनेका घनश्याम भुसाल र योगेश भट्टराई रहेका छन्।

राजीनामाका लागि पूर्व माओवादी समूहकै गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टलाई पनि खबर गरिएको र उनीहरुबाट कुनै प्रतिक्रिया नआएको एक मन्त्रीले बताए।

‘उहाँहरु दुवै जना (थापा र भट्ट)लाई खबर गरेका हौँ, उहाँहरुले कुनै प्रतिक्रिया दिनुभएको छैन’, ती मन्त्रीले नेपालखबरसँग भने।

resignation.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad