समाज


संसद विघटनको विरोधमा राजधानीका विभिन्न ठाउँमा प्रदर्शन, सुरक्षा व्यवस्था कडा

संसद विघटनको विरोधमा राजधानीका विभिन्न ठाउँमा प्रदर्शन, सुरक्षा व्यवस्था कडा

नेपालखबर
पुस ५, २०७७ आइतबार १०:२४,

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको घोषणा गरेसँगै राजधानीका विभिन्न ठाउँमा विरोध प्रदर्शन सुरु भएको छ।

राजधानीका नक्साल, प्रदर्शनी मार्ग, माइतीघर र वानेश्वरमा विभिन्न समूहले प्रदर्शन गरिरहेको काठमाडौं प्रहरीले जनाएको छ।

केहीबेर अघिमात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर आगामी वैशाखमा दुई चरणमा निर्वाचन घोषणा गरेकी छन्। सरकारको उक्त कदमको नेकपाभित्रबाटै विरोध भइरहेको छ भने प्रतिपक्षी दलहरुले पनि विरोध गरिरहेका छन्।

यस्तै स्वतन्त्र युवाहरु पनि त्यसको विरोधमा उत्रिएका छन्। पछिल्लो राजनीतिक घटनाक्रमसँगै राजधानीको सुरक्षा व्यवस्था थप कडा पारिएको महानगरीय प्रहरी कार्यालयका उच्च अधिकारीले बताए।

सडकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यस्तै राजधानी बाहिरका ठूला सहरमा पनि यस्तै विरोधका कार्यक्रम हुन सक्ने आकलन गर्दै प्रहरी प्रधान कार्यालयले सर्कुलर जारी गरिसकेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad