ad ad

राजनीति


प्रचण्ड नेता र मन्त्रीहरुसँग परामर्शमा, वामदेव अनुपस्थित

प्रचण्ड नेता र मन्त्रीहरुसँग परामर्शमा, वामदेव अनुपस्थित

नेपालखबर
पुस ५, २०७७ आइतबार ७:१५,

प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् संसद विघटन गर्न सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु, मन्त्रीहरु र कानुनविद्सँग परामर्श गरिरहेका छन्।

आफ्नै निवास खुमलटारमा प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य जनार्दन शर्मासहित उर्जामन्त्री वर्षमान पुन, बनमन्त्री शक्ति बस्नेत र केही कानुनविद्सँग छलफल गरिरहेका हुन्।

प्रधानमन्त्री ओलीले आइतबार विहान आकस्मिक मन्त्रीपरिषद्को बैठक डाकेर संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेपछि राजनीतिक माहोल तनावपूर्ण बनेको छ।

यता पार्टीमा प्रचण्ड–नेपाल पक्षमा रहँदै आएका नेकपाका उपाध्यक्ष वामदेव गौतम भने अहिलेसम्म सो छलफलका लागि खुमलटार पुगेका छैनन्।

उनले संसद विघटनको समर्थन र विरोध दुबै नभएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .