सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रमाथि प्रधानमन्त्री ओलीले ‘कू’ गरेको बताएका छन्।
ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरे लगत्तै छलफलका लागि बालुवाटार पुगेका प्रचण्डलाई ओलीले भेट्न नमानेको र आफूहरु फर्किंँदै गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए।
‘संसद विघटन लोकतान्त्रिक गणतन्त्रमाथि ओलीले गरेको ‘कू’ हो, यसको सामना गरिन्छ’, प्रचण्डलाई उधृत गर्दै सापकोटाले भने।

प्रतिक्रिया