प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को चुनावमा उमेश थानी र ध्रुव थापाबीच कडा प्रतिस्पर्धा देखिएको छ।
सिडेनको छैटौं कार्य समितिको लागि शनिबार काठमाडौंमा भएको चुनावमा थानीको प्यानलाई पार्टी सभापति शेरबाहदुर देउवा र थापाको प्यानललाई राम्रचन्द्र पौडेलको समर्थन रहेको छ।
शनिबार राती १० बजेसम्म काठमाडौं बाहिरको मत गणना सकिदा थानी १७ मलते अगाडि रहेको मतगणना स्थलमा रहेका इन्जिनियर अनिल पौडेलले बताए।
प्रदेश ३ बाहेक अन्य प्रदेशबाट खसेको ३४३ मतमध्ये थानीले १८० र थापाले १६३ मत प्राप्त गरेका छन्।
प्रदेश तीनको ३ को १ हजार ६ सय ६४ मत गणना हुदैछ।
सिडेनका जम्मा ३ हजार ६ सय २४ मतदातामध्ये २ हजार ८ जनाले मत हालेका थिए।
१८ सदस्सीय कार्यसमितिका लागि थानीको प्यानलबाट उपाध्यक्षमा सूर्यबहादुर पाण्डे, महासचिवमा प्रमचन्द्र राय, उपमहासचिवमा वीरेन्द्र खड्का र कोषाध्यक्षमा कौशल कार्की रहेका छन्।
त्यस्तै, थापाको प्लानलबाट उपाध्यक्ष मन्दीप सुवेदी, महासचिव रोशनराज गिरी, उपमहासचिवमा सुमन पुडासैनी र कोषाध्यक्षमा श्याम दाहालले उम्मेदवारी लिएका छन्।
थापा यसअघि नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्ष भइसकेका र नेपाल सिमेन्ट उत्पादक संघको वर्तमान अध्यक्ष हुन।
Shares

प्रतिक्रिया