मन्त्रिपरिषदको नियमित बैठक बिहीबार साँझ ६ बजेका लागि बोलाइएको छ।
बिहीबार साँझ ६ बजेका लागि मन्त्रिपरिषदको नियमित बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।
बैठकको एजेन्डाबारे भने केही नखुलाइएको उनले बताए।
‘साँझ ६ बजेका लागि क्याबिनेट बोलाइएको छ, तर एजेन्डाबारे केही उल्लेख गरिएको छैन’, नेपालखबरसँग ती मन्त्रीले भने।
एजेन्डा नखुलाइएको भए पनि सरकारले मंगलबार ल्याएको सवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्ने विषयमा निर्णय हुनसक्ने सम्भावना रहेको बताइएको छ।
मंगलबार राष्ट्रिपतिद्वारा जारी भएको अध्यादेश बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटी बैठकले फिर्ता लिने निर्णय गरेको गरेको थियो।
प्रतिक्रिया