राजनीति


नेकपा स्थायी समिति बैठक बालुवाटारमा बस्दै, ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिने तयारी

नेकपा स्थायी समिति बैठक बालुवाटारमा बस्दै, ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिने तयारी

नेपालखबर
पुस १, २०७७ बुधबार ३:४,

पार्टीभित्रको विवाद झनझन् पेचिलो बन्दै गएको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बैठक बस्ने प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। यसअघि आइतबार बसेको बैठक पार्टीका केन्द्रीय सदस्य कमान सिंह लामाको मृत्युमा शोक प्रस्ताव पारित गर्दै आजसम्मका लागि  स्थगित गरिएको थियो।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीमा कुनै छलफल नै नगरी मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा भित्रको विवाद थप उत्कर्षमा पुगेको छ। ओलीको पछिल्लो कदमको पार्टीभित्र र बाहिर तीव्र विरोध सुरु भएको छ।

जसको कारण ओली थप अप्ठ्यारोमा परेका छन्। पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने ओलीको कदमको चर्को आलोचना गरेका छन्।

यस विषयमा आजको वैठकमा महत्वकासाथ कुरा उठ्ने स्थायी समितिका एक सदस्यले जानकारी दिए। ओलीले पार्टीमा परामर्श नै नगरी ल्याएको अध्यादेश फिर्ता गर्नुपर्ने माग स्थायी सचिवालयका अधिकांश सदस्यको छ।

अध्यादेश जारी भएलगत्तै असन्तुष्ट स्थायी कमिटीका बहुमत सदस्य मंगलबार साँझ प्रचण्ड निवास खुमलटारमा भेला भएका थिए। उनीहरुले आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिने निष्कर्ष निकालेका स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad