सरकारले संवैधानिक परिषदमा अध्यक्षसहित तत्काल कायम रहेका बहुमत सदस्यको उपस्थितिलाई गणपूरक संख्या मान्ने गरी अध्यादेश ल्याएको छ।
आइतबार र मंगलबार गरी दुईपटक परिषदको बैठकमा गणपूरक संख्या नपुगेपछि सरकारले मंगलबार दिउँसो अध्यादेश ल्याएको हो।
सरकारले संवैधानिक परिषदसम्बन्धी ऐनको दफा ६ को उपदफा ३ संशोधन गरी ल्याएको अध्यादेश अनुसार अब ३ सदस्य उपस्थित भए गणपूरक संख्या पुरा भएको मानिने छ। हाल परिषदमा ५ जना सदस्य बहाल छन् भने उपसभामुख रिक्त रहेको छ।
बैठकमा पेस भएको विषयमा सर्वसम्मत निर्णय हुने र पहिलो बैठकमा निर्णय नभए तत्काल बहाल सदस्यको बहुमत सदस्यका आधारमा निर्णय हुने अध्यादेशमा उल्लेख छ।
अध्यादेशमा गरिएको व्यवस्था अनुसार अब सभामुख र प्रमुख प्रतिपक्षी दलको नेता अनुपस्थित भए पनि बैठक बस्ने र तीन जनाको सहमतिमा निर्णय गर्न सक्नेछ।
पूर्णपाठः
Shares

प्रतिक्रिया