प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको उपसभापति विमलेन्द्र निधिले सरकारले ल्याएका संवैधानिक परिषदसम्बन्धी अध्यादेश स्वीकार्य नभएको बताएका छन्।
संवैधानिक परिषदको दोस्रो बैठकमा पनि गणपुरक संख्या नपुगेपछि सरकारले मंगलबार अध्यादेश ल्याएको छ। उक्त, अध्यादेश मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको केही समयमै उपसभापति निधिले अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम भएको प्रतिक्रिया दिएका छन्।
उनले अध्यादेश ल्याउने काम संविधान र प्रणालीमाथि नै नांगो आक्रमण भएको बताउँदै अस्वीकार गर्ने बताएका छन्।
‘आज अचानक आएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो। संविधान र प्रणालीमाथि नांगो आक्रमण हो। घोर भर्त्सना गर्दछु। यो अध्यादेश स्वीकार्य हुँदैन’, सामाजिक सञ्जाल ट्विटरमा निधिले लेखेका छन्।
— Bimalendra Nidhi. (@BimalendraNidhi) December 15, 2020आज अचानक आएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो।
संविधान र प्रणाली माथी नाङ्गो आक्रमण हो। घोर भर्त्सना गर्दछु। यो अध्यादेश स्वीकार्य हुँदैन ।

प्रतिक्रिया