खेल


गौतम बुद्ध कप प्रतियोगिताको उपाधि जित्यो राप्तीले

गौतम बुद्ध कप प्रतियोगिताको उपाधि जित्यो राप्तीले

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ९:४३,

गौतम बुद्ध क्रिकेट रगंशालाको नमुना मैदानमा मंगलबार भएको फाइनल खेलमा राप्तीले नारायणीलाई ९ रनले पराजित गरेको हो।

१ सय ४४ रनको लक्ष्य पछ्याएको नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन मात्र जोड्न सक्यो।

नारायणीका लागि युवा ब्याट्सम्यान आरिफ शेखले सर्वाधिक ४८ रनको योगदान दिए। रित गौतम २७ रनमा पवेलियन फर्के।

भुवन कार्कीले आफ्नो स्पेलमा १९ रन खर्चेर २ विकेट झारे। कमलसिंह ऐरी र जितेन्द्र मुखियाको नाममा एक एक विकेट रह्यो।

No description available.

त्यसअघि पहिला ब्याटिङ गरेको राप्तीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रनको योगफल तयार पारेको थियो।

राप्तीका लागि ओपनर कुशल भुर्तेल र अमित श्रेष्ठले ५१ रनको साझेदारी गरे। अमितले १८ तथा कुशलले ४२ रनको योगदान दिए। कप्तान विनोद भण्डारीले ३३ रन जोडे।

नारायणीका लागि शाहव आलमले सर्वाधिक ३ विकेट लिए। सुशन भारीले २ तथा करण केसीले १ विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad