राजनीति


अर्थमन्त्री पौडेल र फिनल्यान्डका राजदूतबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र फिनल्यान्डका राजदूतबीच भेटवार्ता

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार १०:२२,

अर्थमन्त्री विष्णु पौडेल र नेपालका लागि फिनल्यान्डका राजदूत पेर्ती एन्टिनेनबीच शिष्टाचार भेटवार्ता भएको छ।

शुक्रबार अर्थमन्त्री पौडेल र राजदूत एन्टिनेनबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको अर्थ मन्त्रालय जानकारी दिएको छ।

उक्त भेटमा अर्थमन्त्री पौडेलले नेपाल र फिनल्यान्डबीच सधैँ सुखद र असल सम्बन्ध भएको बताउँदै फिनल्यान्ड सरकारले गर्दै आएको सहयोगका लागि धन्यवादसमेत दिएका थिए।

भेटमा राजदूत एन्टिनेनले सन् २०२१ देखि २०२४ सम्म फिनल्यान्डले नेपाललाई गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराएका थिए। उनले नेपालसँग सहकार्य गर्दै सहयोग अभिवृद्धि गर्दै जाने बताए।

भेटमा द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन पर्वद्धन, लगानी अभिवृद्धि तथा कोभिड १९ महामारी नियन्त्रणका विषयमा कुरा भएको अर्थमन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .