समाज


७ हजार ४१४ पीसीआर परीक्षण गर्दा १ हजार ४४ जनामा कोरोना पुष्टि, १२ सय ७१ निको भए

७ हजार ४१४ पीसीआर परीक्षण गर्दा १ हजार ४४ जनामा कोरोना पुष्टि, १२ सय ७१ निको भए

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार १०:३०,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारी अनुसार ७ हजार ४१४ को पीसीआर परीक्षण गर्दा १ हजार ४४ जनामा कोरोना भाइरको संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २७१ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ।

मनत्रालयका उनुसार वपछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको निधन भएको छ। योसँगै कोरोनाका कारण निधन हुनेको संख्या १ हजार ६७४ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .