ad ad

राजनीति


संसदीय समितिका निर्देशन सरकारले पालना गर्नैपर्छ : सभापति श्रेष्ठ

संसदीय समितिका निर्देशन सरकारले पालना गर्नैपर्छ : सभापति श्रेष्ठ

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार ९:५६,

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेठले समितिले दिएको निर्देशक सरकारले पालना गर्नैपर्ने बताएकी छन्।

समितिले दिएको निर्देशन विपरीत सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेपछि समिति सभापतिले यस्तो बताएकी हुन्।

शुक्रबार पत्रकारसँग कुराकानी गर्दै सभापति श्रेष्ठले जनताप्रति उत्तरदायी हुन पनि सरकारले समितिका निदेशनहरु पालना गर्नुपर्ने बताएकी हुन्। ‘समितिले निर्देशन दिएपछि सरकारले आफ्ना भनाइ राख्नुपर्ने भए समितिमा नै राखेर स्पष्ट पारी कार्यान्वयनमा जानुपर्ने हुन्छ’, उनले भनिन्।

पूर्वसचिव मुकुन्द शर्माले भने कुनै पनि समितिले दिएका निर्देशनहरु सरकारले पालाना गरेको नगरेको भन्ने सम्बनधमा समिति आफैले कार्यप्रगति मूल्यांकन गरी संसद समक्ष पेश गरी छलफल गराउन सक्नुपर्ने बताए। तर, सरकारले कुनै निर्देशनहरु कार्यान्वयन नगरेमा समितिका सभापतिहरु विभिन्न मिडियामा कुरा उठाउने तर नियमावलीले दिएको प्रावधान अनुसार कार्यप्रगति मूल्यांकन गरेर संसदमा छलफल गराउन नसक्दा समितिका निर्देशनहरुलाई सरकारले बेवास्ता गरिरहेको बताए।

यस्तै कुनैपनि निर्देशन कार्यान्वयनमा नगए तत्काल समितिको बैठक बोलाएर छलफल चलाउन सक्नुपर्ने पनि पूर्वसचिव शर्माले बताए।

समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न गत बुधबार निर्देशन दिएको थियो। गृहमन्त्री थापालाई निर्देशन दिएको भए पनि सरकारले बिहीबार प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ।

समितिको बैठकमा अधिकांश सांसदहरुले गलत विधिबाट निर्णय भएको भन्दै खारेज गर्न निर्देशन दिनुपर्ने बताएपछि कार्यान्वन गर्न समितिले निर्देशन दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .