ad ad

समाज


लिंग आधारित हिंसा विरूद्ध १६ दिने अभियान : हिंसा र असुरक्षा बारे जनचेता

लिंग आधारित हिंसा विरूद्ध १६ दिने अभियान : हिंसा र असुरक्षा बारे जनचेता

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार ९:४६,

लिंग-आधारित हिंसाविरुद्ध १६ दिने अभियान सम्पन्न भएको छ। जोन्टा क्लब काठमाडौंले औपचारिक र अनौपचारिक दुवै क्षेत्रमा काम गर्ने महिलामा हुने हिंसा अन्त्य गर्न जनचेतना जगाउने अभियान आयोजना गरेको थियो।

यस अभियानका लागि जोन्टा क्लब काठमाडौंले नेपाल चेम्बर अफ कमर्स एन्ड इण्डस्ट्रीज (एफएनसीसीआई), अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), माइग्रेसनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) र पौराखी नेपाल, कुमारी बैंक लिमिटेड र रोयल थाई दूतावास नेपालसँग सहकार्य गरेको थियो।

‘अरेन्ज द वल्र्डः फन्ड, रेस्पोन्ड, प्रिभेन्ट र कन्ट्रोल’ ‘हिंसा र उत्पीडनबाट मुक्त कार्यको विश्वः एक अधिकार र एक दायित्व’, नारासँग यस अभियानले काम गर्न सुरक्षित र सुव्यवस्थित वातावरणको आवश्यकता, पीडित महिलाहरूसम्म पुग्ने तरिकाहरु र पीडितहरुको आवाज सुन्नका लागि रिपोर्टिङ प्रणालीलाई सजिलो बनाउनु पर्ने कुराहरुमा प्रकाश पारेको थियो।

अभियानको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठको उपस्थितिमा भएको थियो।

अभियानको क्रममा जोन्टा क्लब काठमाडौंले तीन भर्चुअल प्यानल छलफल आयोजना ग-यो, जहाँ विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूले जीबीभी, मनोवैज्ञानिक र आर्थिक प्रभावहरू बिरूद्ध जागरणको आवश्यकता र महत्व प्रकाश पारे र विशेष गरी विश्वमा हिंसा र उत्पीडनको बढ्दो घटनाहरूको समाधान खोज्न आवश्यक रहेको बताए।

एचआर प्रोफेशनलहरूका लागि भर्चुअल प्रशिक्षण पनि आयोजित गरिएको थियो जसको उद्देश्य उनीहरूलाई कार्यस्थलमा नीति बनाउने र कार्यान्वयन गर्ने आवश्यकतालाई बुझ्न र यसलाई सुरक्षित र हिंसा र उत्पीडनबाट मुक्त बनाउनको लागि मद्दत पु-याउने रहेको थियो। भर्चुअल कार्यक्रममा ५०० भन्दा बढी व्यक्तिहरू सहभागी भए र फेसबुक लाइभ ८ हजार भन्दा बढिले हेरेका थिए।

माल्भिका सुब्बाले आधिकारिक फेसबुक पेजमा ‘महिला प्रवासी मजदूर जीवन रक्षा र सफलता डायरी’ शीर्षकमा प्रवासी महिलाहरुसँग उनीहरुको संर्घष र सफलताहरूका बारेमा चारवटा विभिन्न सत्रहरू आयोजना गरिन्।

जोन्टा क्लब काठमाडौंकी अध्यक्ष जोनशियन सीमा गोल्छाले भनिन्, ‘जोन्टा क्लब काठमाडौं लिंग-आधारित हिंसा २०२० को बिरूद्ध १६ दिने सक्रियताको सम्पन्न गर्न पाउँदा निकै खुसी छौं, जसको उद्देश्य जागरूकता जगाउन र महिलाहरुका लागि कार्यस्थलमा सुरक्षित र मैत्रीपूर्ण वातावरण निर्माण गर्न प्रभाव पार्नु थियो। यस अभियानलाई सफल बनाउन सहकार्य र समर्थनका लागि सम्मानित साझेदार संगठनहरूप्रति आभारी छौँ। दुबै औपचारिक र अनौपचारिक क्षेत्रमा महिला श्रमिकहरूले भोगेका हिंसा र असुरक्षाको बारेमा जनचेतना जगाउनुका साथै अधिकार र प्रावधान तथा उपलब्ध समर्थन संयन्त्रका बारे सबैलाई जानकारी गराउनु महत्वपूर्ण छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .