राजनीति


विश्वविद्यालयका पदाधिकारी भागबण्डामा नियुक्ति नगरः साझा पार्टी

विश्वविद्यालयका पदाधिकारी भागबण्डामा नियुक्ति नगरः साझा पार्टी

नेपालखबर
साउन १५, २०७६ बुधबार ११:५१,

साझा पार्टीले विभिन्न विश्वविद्यालयका उपकुलपति लगायतका पदाधिकारी दलीय भागबण्डाका आधारमा नियुक्त गर्ने तयारी गरिएको भन्दै आपत्ति जनाएको छ।

उपकुलपति लगायतका नियुक्ति प्राज्ञिक योग्यता, क्षमता र उत्कृष्टताका आधारमा हुने सुनिश्चितताका लागि निष्पक्ष र पारदर्शी कार्यविधी अपनाउन आग्रह गर्दै साझा पार्टीले विश्वविद्यालयको गुणस्तर र प्राज्ञिक उन्नयनका लागि प्राज्ञिक स्वतन्त्रता, व्यवस्थापकीय स्वायत्तता, उत्कृष्टता र क्षमताको आधारमा पदाधिकारी र प्राध्यापकको नियुक्ती हुनुपर्ने स्पष्ट पारेको छ।

नेपालमा केही दशकदेखि विश्वविद्यालयका महत्वपूर्ण पद राजनीतिक दलका कार्यकर्तालाई दिईने ‘पुरस्कार’का रुपमा उपयोग हुने लज्जाजनक स्थिति रहेको भन्दै साझाले खबरदारी गरेको छ।

‘न्युनतम प्राज्ञिक चेत, क्षमता र निष्ठा बिनाका दलका ‘बरिष्ठ’ कार्यकर्ताले ज्ञानको मन्दिर मानिने विश्वविद्यालयमाथि एक छत्र दाईं गरेका छन्। परिणामस्वरुप वौद्धिक चोरीको पुष्ट्याई भएका पदाधिकारी र प्राध्यापकको नियुक्ति, किनिएको थेसिसबाट डिग्री, प्राध्यापक नियुक्ति परिक्षाको अंकमा केरमेट जस्ता समाचार सामान्य लाग्न थालेका छन्। नेपालको राजनीति हाँक्ने ठुला दलहरुले अपनाएको भागबन्डाको यो घातक प्रवृत्तिले हाम्रो विश्वविद्यालय शिक्षा अहिले मृत्यु शैयामा लम्पसार परेको छ’ साझा पार्टीका प्रवक्ता सुर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विश्वविद्यालयका पदाधिकारी नियुक्तीमा पुनः दलीय भागबन्डाकै निरन्तरता भएमा देशव्यापिरुपमा भण्डाफोर अभियान सञ्चालन गर्ने पनि सो पार्टीले चेतावनी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad