ad ad

राजनीति


भारतकाे चिन्ता : चीनसँग हाम्रो सम्बन्ध निकै बिग्रियो, कसरी सुधार्ने होला?

भारतकाे चिन्ता : चीनसँग हाम्रो सम्बन्ध निकै बिग्रियो, कसरी सुधार्ने होला?

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार ३:३३,

भारतले दुई देशको सीमाना पूर्वी लद्दाखमा आफ्ना २० सैनिकको ज्यान जाने गरी भएको झडपपछि चीनसँग सम्बन्ध निकै बिग्रिएको बताएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले चीनसँग भारतको सम्बन्ध ४० वर्षयताकै खराब बनेको बताएका हुन्।

अस्ट्रेलियन थिंक ट्यांक लोवी संस्थाद्वारा आयोजित अनलाइन कार्यक्रममा उनले चिन्ता व्यक्त गर्दै भने, ‘भारत–चीनबीच धेरै ठूलो समस्या छ, कसरी सन्तुलनमा ल्याउने होला?’

भारतको अंग्रेजी अखबार टाइम्स अफ इन्डियाका अनुसार चीनले सीमा क्षेत्रमा द्विपक्षीय सम्झौता उल्लंघन गरेका कारण विवाद बढेको आरोप विदेशमन्त्री जयशंकरको छ।

गत जुन १५ का दिन पूर्वी लद्दाखको गलवान उपत्यकामा दुई देशका सैनिकबीच झडप भएयता चीनप्रति भारतको सोच नै बदलिएको उनको भनाइ छ।

त्यस दिनको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। तर चीनतर्फ क्षति भयो भएन अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

जयशंकरले भनेका छन्, ‘सम्भवतः चीनसँगको सम्बनधमा हामी आज सबैभन्दा अप्ठेरो अवस्थामा छौं। सायद ३०–४० वर्षयताकै।’

अब दुई देशबीचकाे सम्बन्धलाई कसरी सुधार्ने हाेला भनेर उनले चिन्ता व्यक्त गरेकाे टाइम्स अफ इन्डियाले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .