राजनीति


कृषि कानुन संशोधन गर्ने केन्द्र सरकारको प्रस्ताव भारतका किसानद्वारा अस्वीकार

कृषि कानुन संशोधन गर्ने केन्द्र सरकारको प्रस्ताव भारतका किसानद्वारा अस्वीकार

नेपालखबर
मंसिर २४, २०७७ बुधबार १२:२०,

भारतमा विवादास्पद कृषि कानुनलाई संशोधन गर्न भन्दै केन्द्र सरकारले अघि सारेको प्रस्तावलाई किसान संगठनहरुले अस्वीकार गरेका छन्।

उनीहरुले आन्दोलन थप चर्काउने चेतावनी दिएका छन्।

तीन वटा कृषि कानुनको विरोधमा १४ दिनदेखि किसानहरु आन्दोलनरत छन्।

बुधबार केन्द्र सरकारले विद्यमान न्यूनतम मूल्य कायम राख्ने लिखित प्रतिबद्धता गर्ने प्रस्ताव गरेको थियो।

तर, त्यसलाई अस्वीकार गर्दै किसानहरुले तीन वटै कानुन खारेजीको माग राखेका छन्।

मंगलबार उनीहरुले भारत बन्द आयोजना गरेका थिए।

सेप्टेम्बरमा भारतीय संसदले तीन वटा कानुन पारित गरेको थियो। जसले कृषि उत्पादनको बिक्री, मूल्य र भण्डारणसम्बन्धी व्यवस्थालाई खुकुलो बनाएको थियो। यसले ठूला व्यापारीलाई मात्र फाइदा पुग्ने भन्दै किसानहरु सडकमा ओलिएका हुन्।

खासगरी पञ्जाब र हरियाणाका किसान आन्दोलित भएका छन्। उनीहरुले राजधानी दिल्लीको सीमामा भेला भएर प्रदर्शन जारी राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad