वर्ष २०२० सकिन अब केही दिनमात्रै बाँकी छ। यसबीच सामाजिक सञ्जाल ट्विटरले एक रिपोर्ट सार्वजनिक गरेको छ। यो रिपोर्टमा ट्विटरमा सबैभन्दा धेरै चर्चा गरिएका बलिउडका ५ फिल्मबारे रहेको छ।
१ जनवरीदेखि १५ नोभेम्बरसम्म ह्यास्ट्याग प्रयोग गरेर गरिएका ट्विटका आधारमा यो रिपोर्ट तयार गरिएको बताइएको छ। ‘२०२० मा यो भयो’ नाम दिइएको यो रिपोर्टमा ५ बलिउड फिल्मको चर्चा गरिएको छ। जसमा सुशान्त सिंह राजपुतको ‘दिल बेचारा’, दीपिका पादुकोनको ‘छपाक’, अजय देवगनको ‘तानाजी’, तपसी पन्नूको ‘थप्पड’, र शरण शर्माको ‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’ रहेका छन्।
दिल बेचारा
सुशान्त सिंह राजपुत अभिनित अन्तिम फिल्म ‘दिल बेचारा’ यो वर्षको सबैभन्दा चर्चित फिल्म रह्यो। विट्रमा यो फिल्मसँग आधारित रहेर थुप्रै ट्विट गरिए। यो फिल्म सुशान्तको मृत्युपछि रिलिज भएको थियो। मानिसहरूले सुशान्तलाई श्रद्धाञ्जलि दिन यो फिल्म हेरेको बताएका थिए।

यो फिल्म फिल्म जुलाई २४ मा ओटीटी प्लेटफर्म, डिजनी हटस्टारमा रिलिज भएको थियो। फिल्ममा सन्जना संघी पनि मुख्य भूमिकामा थिएइन्। दुई क्यान्सर बिरामीको कथा यो फिल्ममा देखाइएको थियो।
छपाक
दीपिका पादुकोनको मुख्य भूमिका रहेको फिल्म छपाक पनि १२०२० मा निकै चर्चामा रहेको थियो।
यस फिल्ममा दीपिकाले एसिड आक्रमण परेकी युवतीको भूमिका दे्खिएकी छन्। यो फिल्म लक्ष्मी अग्रवालको जीवनमा आधारित छ। लक्ष्मी अग्रवाल एसिड आक्रमणबाट पीडित हुन् र उनले एसिडको बिक्री रोक्नका लागि पनि निवेदन दिएकी थिइन्। दीपिकाको फिल्मलाई दर्शकले निकै मन पराएका थिए। फिल्ममा विक्रान्त मेसी पनि महत्वपूर्ण भूमिकामा थिए।

यस फिल्मको बारेमा विवाद पनि भएको थियो। दीपिका फिल्मको प्रमोशनका लागि जेएनयू गएकी थिइन् र त्यही समयमा सीएएको आन्दोलन चलिरहेको थियो। जसलाई लिएर फिल्म रिलीज हुनुभन्दा अघि धेरै चर्चामा आएको थियो।
तानाजी
‘तानाजी : द अनसङ वारियर’ २०२० मा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म हो। यो फिल्मबारे ट्विटरमा पनि धेरै चर्चा भएको थियो। फिल्ममा अजय देवगन, काजोल, सैफ अली खान र शरद केलकरले अभिनय गरेका छन्।

यो फिल्म शिवाजीको दाहिने हात तानाजीको कथा हो। फिल्ममा सैफ अली खानले नकारात्मक भूमिका निर्वाह गरेका थिए। यस फिल्मको प्रमोशनको बेला, सैफले ‘भारत’ को बारे एक विवादास्पद बयान दिएका थिए। यस पछि, सैफ धेरै ट्रोल गरिएको थियो।
थप्पड
तपसी पन्नु अभिनित थप्पड पनि २०२० मा निकै रचाइएको फिल्ममध्ये एक हो। यो फिल्मका बारेमा ट्विटरमा पनि व्यापक चर्चा गरिएको थियो। मानिसहरूले यस फिल्ममा तपसीको भूमिका मन पराए।

फिल्ममा तपसीले एक कडा महिलाको भूमिका रहेकी छन् जो आफ्नो निर्णय आफै गर्न सक्दछिन्। यो फिल्मको निर्देशन अनुभव सिन्हाले गरेका हुन्।
गुन्जन सक्सेना : द कारगिल गर्ल
शरण शर्माको ‘गुन्जन सक्सेना : द कारगिल गर्ल’ वास्तविक जीवनमा आधारित फिल्म हो। यो फिल्म आईजेएफकी महिला पायलट गुन्जन सक्सेनाको कथामा आधारित रहेको छ। जाह्नवी कपूरले यस बायोपिकमा गुन्जनको भूमिका निर्वाह गरेकी छन्।

यो फिल्मले प्रशंसा र आलोचना दुवैको सामना गर्नुपर्यो। यो फिल्म नेपोटिज्मको छलफलको पनि एक हिस्सा थियो। फिल्ममा जाह्नवी कपूर, पंकज त्रिपाठी र अंगद बेदी मुख्य भूमिकामा छन्।

प्रतिक्रिया