साझा पार्टी र विवेकशील नेपाली दलबीच आज (बुधबार) एकता घोषणा गरिँदै छ।
साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एकता घोषणा सभा आज दिउँसो ३:३० बजे हुने जानकारी दिए।
यस क्रममा उनले विगतमा भएका गल्तीप्रति माफीसमेत मागेका छन्।
‘हामी एक हुँदै छौं,’ मिश्रले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विगतका कमजोरीप्रति क्षमायाचना गर्द छौं।’
सबैको साथ र सहयोगले विवेकशील साझा पार्टीलाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउने दाबी उनले गरेका छन्।
‘हामी केवल ‘अस्तित्व’मा रहन होइन, ‘नेतृत्व’मा पुगेर यो देशमा सुशासन, समृद्धि र स्वाभिमान स्थापित गर्न जन्मिएको पार्टी हौं। एकताका लागि प्रेरित र सहयोग गर्ने सबैप्रति आभारी छौं,’ उनले भनेका छन्।
कार्यक्रम दुवै पार्टी, आफ्नो र कैयौं नेताका फेसबुक पेजबाट लाइभ प्रसारण हुने जानकारी पनि मिश्रले दिएका छन्।
याे पनि : साझा–विवेकशील एकीकरण : नाम र चुनाव चिन्हमा जुट्यो सहमति, नेतृत्वबारे यस्तो समझदारी

प्रतिक्रिया