राजनीति


यस शक्तिशाली राडार प्रणालीले चिनियाँ खतराबाट ताइवान र अमेरिकालाई जोगाउने अपेक्षा

यस शक्तिशाली राडार प्रणालीले चिनियाँ खतराबाट ताइवान र अमेरिकालाई जोगाउने अपेक्षा

नेपालखबर
मंसिर २२, २०७७ सोमबार ७:२८,

चिनियाँ जनमुक्ति सेनाको युद्धक विमानको गतिविधि तथा क्षेप्यास्त्र आक्रमणको प्रयासको बारेमा यस शक्तिशाली राडार प्रणालीले पूर्व जानकारी दिन्छ।

त्यसकारण ताइवान र अमेरिकालाई खतराको लागि तयार हुन समय मिल्ने भएकाले यो राडार रणनीतिक हिसाबमा निकै महत्वपूर्ण भएको बताइएको छ।

यस राडारले ५ हजार किलोमिटर टाढाबाट प्रहार गरिएको क्षेप्यास्त्र र सोही दुरीमा उडेका विमानलाई पत्ता लगाउनसक्छ।

दक्षिण चीन सागरमा चीनले कृत्रिम टापु खडा गरेको छ र त्यहाँ चीनका पनडुब्बीहरु छन्। त्यहाँबाट चीनले जापानमा रहेको अमेरिकी बेस र अमेरिकी क्षेत्र ग्वामसम्म पुगेर मार हान्नसक्ने क्षेप्यास्त्रहरु बनाएको छ।

यसबीचमा ताइवानको राडार प्रणालीले अमेरिकालाई उविरुद्धको खतराको बारेमा पूर्व जानकारी लिन फाइदा पुग्नेछ।

South China Sea: What's China's plan for its 'Great Wall of Sand'? - BBC  Newsदक्षिण चीन सागरमा चीनको कृतिम टापु

साउथ चाइना मर्निङ पोस्टकाअनुसार ताइवानको यस शक्तिशाली राडार प्रणाली अमेरिकी सहयोगमा निर्माण गरिएको थियो।

सन् २०१३ यता यो राडारले सक्रिय रुपमा काम गरिरहेको छ। यस प्रिसिजन एक्विजिसन भेइकल इन्ट्री फेज्ड एरी वार्निङ सिस्टम राडार १ अर्ब ४० लाख अमेरिकी डलरमा अमेरिकी कम्पनी रेथियन कम्पनीले बनाएको थियो।

यस राडार प्रणालीले चिनियाँ विमान र क्षेप्यास्त्रहरुको गतिविधिको जानकारी दिने भएकाले यसलाई निकै महत्वपूर्ण मानिएको छ।

किनभने ताइवान र अमेरिकाले चिनियाँ आक्रमण अघि नै आफूलाई तयार गर्न पाउँछन्।

तर चिनियाँ जनमुक्ति सेनाले यस राडारलाई नै आक्रमण गरेर ध्वस्त बनाउन पनि सक्छन्। किनभने चीनले ताइवानलाई आफ्नो भूमि भएको बताउँछ।

आवश्यकता परेमा ताइवानलाई सैन्य आक्रमण गरी कब्जा गर्नसक्ने चीनले चेतावनी दिँदै आएको छ। तर ताइवानले आफू स्वतन्त्र राष्ट्र भएको बताउँदै आएको छ।

Taiwan’s radar system would detect ballistic missiles launched by PLA nuclear submarines from the South China Sea. Photo: Reuters

ताइवानलाई अमेरिकी साथ छ। त्यसकारण पछिल्लो समय अमेरिकाले ताइवानलाई हतियारहरु बेच्दै आएको छ।

यदी उक्त महत्वपूर्ण मानिएको राडार प्रणालीमा आक्रमण भए के हुन्छ?

ताइवानका पूर्व सैन्य कमाण्डर तथा मेज जनरल सन हाई–ताओका अनुसार चिनियाँ सेनाको नजरमा यस राडार प्रणाली परेको छ, जसले उनीहरुको महत्वपूर्ण सूचना प्रदान गर्दछ।

यदी आक्रमण नै भएपनि यस राडारले ताइवान र अमेरिकालाई पूर्व जानकारी प्रदान गर्दछ र खतराको लागि तयार हुन संकेत गर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .