नेपाल–भारत व्यापार र पारवहनसम्बन्धी बैठक सुरु भएको छ। दुई वाणिज्य सचिवहरुको नेतृत्वमा भर्चुअल रुपमा बैठक सुरु भएको हो।
दुई वाणिज्य सचिवहरुको अन्तर्सरकारी समिति नेपाल–भारतको सर्वोच्च द्विपक्षीय संयन्त्र हो। जसले द्विपक्षीय व्यापार र आर्थिक सम्बन्धको समीक्षा गर्ने अगाडि बढाउने मार्ग तय गर्छ।
‘आजको बैठक दुई देशबीचको नियमित बैठक हो’, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण प्रसाद रेग्मीले भने, ‘कुनै ठूलो एजेन्डा नभए पनि दुई देशको व्यापार तथा आपूर्तिको विषयमा छलफल हुन्छ।’
दुई देशबीचको बैठक आवश्यकताको आधारमा बस्ने गरिएको उनले जानकारी दिए।
3
Shares
प्रतिक्रिया