ad ad

राजनीति


संस्कृतिको साम्राज्य हारेको छैन : मन्त्री अर्याल

संस्कृतिको साम्राज्य हारेको छैन : मन्त्री अर्याल

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ११:२७,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्कृतिको साम्राज्य नहारेको बताएकी छन्।

साझा प्रकाशनको ५७ औं स्थापना दिवसको सन्दर्भमा साझा प्रकाशनले आयोजना गरेको ‘साझा प्रकाशन : आजको सन्दर्भ’ विषयक विचार गोष्ठीलाई आज (बुधबार) ललितपुरमा सम्बोधन गर्दै यस्तो बताएकी छन्।

मन्त्री अर्यालले साझा प्रकाशनले अक्षरमार्फत नेपाली भाषा, साहित्य, कला–संस्कृति, शिक्षा र समग्र वाङ्मयको विकासका, विस्तार र उन्नयनमा उच्च भूमिका खेलेको बताए। तर, पछिल्लो समय सरकारले दिएको जिम्मेवारी (देशब्यापी पाठ्यपुस्तक वितरण) बाट बिना विकल्प संस्थालाई कामविहीन बनाएपछि आर्थिक असन्तुलन र व्यवस्थापकीय समस्याको कारण संस्थाको स्थिति गम्भीर अवस्थामा रहेको मन्त्री अर्यालको भनाइ थियो।

‘भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा समर्पित रहेको साझा प्रकाशन साहित्यका सबै विद्या सहित–भाषा, व्याकरण, शब्दकोष, इतिहास, विज्ञान र प्रविधि, जीवनी, दर्शन, अध्यात्म लगायतका विषयमा १२ सय भन्दा बढी पुस्तक प्रकाशनको इतिहास बोकेको छ’, मन्त्री अर्यालले भने, ‘भाषा, कला र संस्कृतीको साम्राज्य अझैपनि ज्यूँदैछ। हारेको छैन।’

संस्थाको प्राण भनेको आर्थिक र प्रशासनिक व्यवस्थापकीय शिल्प भएको भन्दै उनले यसमा देखिएका कमिकमजोरी सच्याएर साझा प्रकाशनलाई अझै पनि आकर्षक संस्था बनाउन सकिने बताए। मन्त्री अर्यालले भने, ‘संस्थाको प्राण मै आर्थिक र प्रशासनिक व्यवस्थापकीय शिल्प हो। यसमा देखिएको लापरबाही र अव्यवस्थापनबाट ध्वस्त संरचनालाई गति प्रदान गरी तालुकदार निकायको निरन्तर निर्देशन, नियन्त्रण, साथ, सहयोग र सहकार्यबाट साझा प्रकाशनलाई आकर्षक संस्था बनाउन सकिन्छ।’

मन्त्री अर्यालले विगतको विरासत र गौरवलाई जोगाउनका निम्ति अहिलेको नेतृत्वले महत्वपूर्ण भूमिका खेल्न समेत आग्रह गरे। सहकारी संस्थामार्फत सञ्चालित संस्था भएका कारण सहकारिताको मर्म, मूल्य र मान्यतामा रहेर साझा प्रकाशन सञ्चालन गर्न आग्रह गर्दै मन्त्री अर्यालले आधुनिक प्रविधिको प्रयोगद्वारा छापाखाना÷प्रेस सञ्चालन गर्न समेत आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .