ad ad

कारोबार


ठमेलका व्यवसायी आन्दोलित

ठमेलका व्यवसायी आन्दोलित

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ११:२६,

ठमेल क्षेत्रमा रात्रिकालीन व्यवसाय गर्दै आएका व्यवसायीहरुले व्यवसाय सुचारु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

कोभिड संक्रमणको जोखिमका कारण आठ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राखेका हुन्।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले अब पनि व्यवसाय सुचारु गर्न नपाए रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति आउने बताए। ठमेलको रात्रिकालीन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न व्यवसायीहरुले माग गरेका छन्।

सबै आधिकारिक निकायमा ज्ञापनपत्र बुझाउँदा समेत सुनुवाइ नभएकाले विरोध प्रदर्शनमा आउन बाध्य भएको पनि व्यवसायीहरुको भनाइ छ। अध्यक्ष राणाले सीसीएमसीबाट निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने बताए।

रात्रिकालीन व्यवसायीहरुले विभिन्न नारा लेखिएका व्यानर लिएर सडक छेउमा उभिएर प्रदर्शन गरेका हुन्।

‘काम छैन दाम छैन’, ‘जनता कोरोनाले होइन लापरवाहीले मर्दै छन्’, ‘पहिलाकै अवस्थामा व्यवसाय खोल्न देउ’, ‘यत्रो महिना बन्द गराएर कर र भाडा कसरी तिर्ने’, ‘सरकार व्यवसाय खोलौं की आत्महत्या गरौं’, ‘रोग भन्दा भोक ठूलो’ लेखिएका ब्यानर लिएर व्यवसायीहरु सडक छेउमा उभिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .